
८ भदौ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार रोक्न माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) बाट नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न ठाउँमा दुर्व्यवहार भएको भन्दै त्यसको विरोधमा शान्ति समाजले सोमवार राजधानीमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी भएकाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेका छन् । उनीहरुले स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीहरुको सहभागिता रहेको मानव अधिकार तथा शान्ति समाजले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4