
९ भदौ, वीरगन्ज । कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनको सोमबार बेलुकी पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
सुपौली घर भएका उनलाई आइतबार राति गण्डकमा भर्ना गरिएको थियो । त्यसको केही घण्टामै मृत्यु भयो ।
मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा पुगेका उनलाई आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । एक्सरे गरेर हर्दा निमोनिया देखिएपछि गण्डकमा रिफर गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4