Comments Add Comment

कार्गो उडानबाट मात्र एक महिनामा साढे ११ अर्बको वैदेशिक व्यापार

९ भदौ, काठमाडौं । अहिले हवाई यातायात बन्द छ । तर, चार्टर्ड उडानका लागि भने अनुमति मिल्छ । सोही क्रममा दैनिक जसो कार्गो उडान भइरहेका छन् । एकातर्फ मेडिकल सामग्रीको आपूर्ति र अर्कोतर्फ सडक यातायातमा भएको अवरोधका बीच व्यापारीहरुले हवाईमार्गबाट पर्याप्त मात्रामा वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट मात्र कुल ११ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

त्यसमध्ये आयात ८ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको भएको छ । यो कुल आयातको १०.४६ प्रतिशत हिस्सा हो । अर्थात् एक महिनामा १०० रुपैयाँ बराबरको सामान नेपाल भित्रँदा १० रुपैयाँ बराबरको सामान जहाज चढेर आएको छ ।

उता, कुल निर्यातको २४.८० प्रतिशत निर्यात व्यापार त्रिभुवन विमानस्थलबाट भएको छ । यो प्रवृत्ति भने अघिल्लो वर्षहरुमा समेत देखिने गरेको छ । किनकी खासगरी तेस्रो मुलुकमा नेपालबाट जाने अधिकांश सामान जहाजमार्फत लैजाने गरिन्छ ।

वैदेशिक व्यापारमा सबैभन्दा व्यस्त भन्सार भने वीरगन्ज हो । खासगरी यहाँबाट पेट्रोलियम पदार्थको आपूर्ति बढी हुने गरेको छ । जसले गर्दा कुल वैदेशिक व्यापारमा वीरगन्ज नाकाको ठूलो हिस्सा देखिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार वीरगन्जबाट कुल आयातको २७.५५ प्रतिशत व्यापार भएको छ । निर्यातको २८.५० प्रतिशत व्यापार यहाँबाट भएको छ । भारततर्फ जाने धेरै सामान यसै भन्सार हुँदै बाहिरिने गरेको छ ।

यसबाहेक विराटनगर, भैरहवा, सुख्खा बन्दरगाह, नेपालगन्जलायत ठूला भन्सार कार्यालयबाट बढी वैदेशिक व्यापार हुने गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment