Comments Add Comment

१० वर्षपछि इंग्ल्याण्डले पाकिस्तानविरुद्ध जित्यो टेष्ट सिरिज, एण्डरसनको ६०० विकेट

१० भदौ, काठमाडौं । जेम्स एण्डरसनको ६०० टेष्ट विकेट । तेस्रो टेष्ट बराबरी अनि सिरिज इंग्ल्याण्डको पक्षमा ।

एण्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर बन्दा घरेलु टोली इंग्ल्याण्डको १० वर्ष लामो प्रतिक्षा पनि सकिएको छ । इंग्ल्याण्डले १० वर्षपछि टेष्टमा पाकिस्तानलाई पराजित गरेको हो ।

तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि इंग्ल्याण्डले सिरिज १–० ले जितेको हो । पहिलो टेष्ट इंग्ल्याण्डले जितेको थियो भने दोस्रो टेष्ट वर्षाले प्रभावित बन्दा बराबरीमा सकिएको थियो । अन्तिम पटक सन् २०१० मा इंग्ल्याण्डले पाकिस्तानलाई टेष्ट सिरिजमा पराजित गरेको थियो ।

तेस्रो टेष्टमा एण्डरसनले कूल ७ विकेट लिँदै करियरमा ६०० विकेट पूरा गरे । उनी उक्त उपलब्धी हासिल गर्ने समग्रमा चौथो र पहिलो फास्ट बलर बने । यसअघि मुथैया मुरलीधरन, शेन वार्न र अनिल कुम्बलेले मात्र ६०० भन्दा बढी विकेट लिएका छन् । सबै बलर स्पीनर हुन् ।

तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्डले ५८३/८ मा इनिङ्स समाप्तीको घोषणा गरेको थियो । तर पाकिस्तानले पहिलो इनिङ्समा २७३ रन मात्र बनाउन सकेपछि इंग्ल्याण्ड फलोअन दिँदै पाकिस्तानलाई पुनः ब्याटिङ गर्न पठाएको थियो ।

वर्षाका कारण पाकिस्तानको ब्याटिङ प्रभावित बनेपछि पाकिस्तानले पाँचौ दिनको समाप्तीमा ४ विकेट गुमाएर १८७ रन मात्र बनाएपछि टेष्ट बराबरीमै टुंगिएको हो ।

१००/२ बाट अन्तिम दिनको खेल सुरुवात गरेको पाकिस्तानले पूरा ब्याटिङ गर्न पाउँदा थप २ विकेट गुमाएर ८७ रन थप्यो । पाकिस्तानले १८७/४ रन बनाउँदा खेल समाप्त भएको थियो ।

पाकिस्तानका लागि बाबर अजामले अविजित रहँदै ६३ रन बनाए । यस्तै अविद अलीले ४२ र कप्तान अजर अलीले ३१ रन जोडे । चौथो दिन अविद अलीलाई आउट गर्दै ५९९ विकेट पु¥याएका एण्डरसनले पाँचौ दिन कप्तान अजर अलीको विकेट लाँदै कीर्तिमानी ६०० औं विकेट पूरा गरेका हुन् ।

सन् २००३ मा टेष्ट डेब्यु गरेका एण्डरसनले १७ वर्षपछि यो उपलब्धी हात पारेका हुन् । त्यसका लागि उनले १५६ औं खेलमा २९१ औं इनिङ्स खेले । टेष्टमा ६०० विकेट लिने पहिलो खेलाडी शेर्न वार्न हुन् । यस्तै टेष्टमा सर्वाधिक ८०० विकेट श्रीलंकन मुथैया मुरलीधरनले लिएका छन् ।

टेष्ट सिरिजपछि अब इंग्ल्याण्ड र पाकिस्तानबीच ३ खेलको टी–२० सिरिज हुनेछ । सिरिज म्यानचेष्टरमा अगष्ट २८ मा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment