+
+
Shares

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ भदौ १० गते ९:४३

१० भदौ, कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

‘मंगलबार साँझ कोरोना पुष्टि भएका व्यक्तिको बुधबार बिहान मृत्यु भएको हो,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकेका छौं ।’

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ । मंगलबार पनि कैलालीको बर्दगोरीयामा मृत्यु भएको १० दिन पछि एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?