+
+
Shares

प्रमोद लेख्छन्–‘म बन्द कोठाभित्र थुनिएको छु’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १२:२२

गायक प्रमोद खरेलले कवितामार्फत आफ्नो छटपटी व्यक्त गरेका छन् । सामाजिक संजालमा कविता कोर्दै प्रमोदले देशमा बढ्दो भ्रष्टाचार र विसंगीतलाई पनि तिखो प्रहार गरेका छन् ।

प्रमोद लेख्छन्–‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किको छ, सकस र अभाव मै तिर फर्किएको छ, मेटाउन खोज्दैछ शक्तिशाली खेलले, बगाउन खोज्दैछ महामारीको भेलले, घाँटी घाँटी पानीमा डुब्दै डुंगा पछाडि झुण्डिएको छु ।’

उनी, यी कुराले आफूलाई अत्यास लागेको तर आफू यसमा अनभिज्ञ भएको भन्दै लेख्छन्–‘न मलाई केही थाहा छ, न केही जान्दछु, ननिस्कनु बाहिर भन्छन्, बस त्यही मान्दछु, पुर्खाको इतिहास किताबमा सिमित राखे, पराधिन छु त्यसै पनि, कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहाँ, कसैको आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहाँ, देश र जनताको नाममा पर्चा छर्छन् यहाँ, दुनो सोझ्याउनु छ सबैलाई, भ्रष्टचार र भागवण्डाले पेट भर्छन् यहाँ, जिन्दगी बन्दगी राखेर सास फेर्नेहरु, सिटामोलको अभावले मर्छन् यहाँ ।’

प्रमोदले जनता सिटामोलको अभावमा मरिरहँदा नेता भने भागवण्डामा लागेको भन्दै असन्तुष्टी पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?