+
+
Shares

पर्सामा सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बारा, पर्सा र रौतहटका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

सुरेश बिडारी सुरेश बिडारी
२०७७ भदौ ११ गते १०:४३

११ भदौ, वीरगञ्ज । पर्सा, बारा र रौतहटमा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालमा ५ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमितमध्ये २१ जना पर्साका छन् । जसमा दुई जना सशस्त्र प्रहरी जवान र दुई जना स्वास्थ्यकर्मी र एक जना उनीहरुको परिवारका सदस्य पनि संक्रमित भएका छन् ।

कोभिड महामारीमा खटिएका जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर, उनको श्रीमती एवं नारायणी अस्पतालमा कार्यरत नर्स र छोरामा कोरोना संक्रमण देखिएको हो । यसअघि संक्रमणमुक्त भइसकेकी उनलाई पुनः संक्रमण पुष्टि भएको छ ।

बाराका ५ जना संक्रमित छन्, रौतहट गौरका तीन जना कैदीबन्दी र जीतपुर ब्यारेकका एक जना नेपाली सेनाको पीसीआर परीक्षण पोजेटिभ आएको छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?