Comments Add Comment

सुदूरपश्चिममा १० दिनमा ६६० संक्रमित

११ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा १० दिनमा ६ सय ६० जना नयाँ संक्रमित थएिका छन् । कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार भदौ १ गतेदेखि बुधबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी ६ सय ६० जनामा कोरोना भाइरस (कोविड–१९) को संक्रमण देखिएको हो ।

१० दिनको यो अवधिमा सबैभन्दा बढी संक्रमित भदौ ४ गते १६५ जना देखिएका छन् । त्यस दिन कैलालीमा ८४, डोटीमा ३४, अछाममा ३२, कञ्चनपुरमा १४ र डडेल्धुरामा एक जनामा संक्रण पुष्टि भएको थियो ।

यस्तै भदौ ९ गते एक सय २९ जना संक्रमित देखिएका छन् । डोटीमा ४६, अछाममा ३५, कैलालीमा ३०, कञ्चनपुर र बझाङ्गमा आठ/आठ र डडेल्धुरामा दुई जना नयाँ संक्रमित सो दिन भेटिएका हुन् । ८ गते एक सय १४ जनामा संक्रमण देखिँदा कैलालीमा ७९, अछाममा १८, कञ्चनपुरमा १०, डोटीमा ६ र बैतडीमा एक जना सो दिन संक्रमित देखिएका थिए ।

यसैगरी ७ गते कैलालीमा ३२, अछाममा २३, कञ्चनपुरमा १०, बैतडीमा चार, बझाङ्गमा तीन, डडेल्धुरामा दुई र दार्चुलामा एक गरी १७५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

भदौ ५ गते अछाममा ३६, डोटीमा १७, बैतडीमा दुई र डडेल्धुरामा दुई गरि ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । भदौ २ गते डोटीमा ४६ र कैलालीमा एक गरी ४७ जना संक्रमित देखिए । बुधवार भदौ १० गते कैलालीमा ३२, कञ्चनपुरमा आठ, अछाममा दुई र डडेल्धुरामा दुई गरि ४४ जनामा संक्रमण देखिएको छ ।

भदौ ६ गते कैलालीमा १३ र डडेल्धुरामा एक गरी १४ जना, ३ गते डोटीमा चार, अछाममा तीन र कैलालीमा तीन जना र भाद्र १ गते कैलालीमा तीन, कञ्चनपुरमा एक र डडेल्धुरामा एक गरि पाँच जना संक्रमित थपिएका थिए ।

१० दिनको अवधिमा पाँच सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन् । साउन ३२ गतेसम्म चार हजार दुई सय दुई जना संक्रमित डिस्चार्ज भएकामा बुधबारसम्म चार हजार सात सय ७५ जना डिस्चार्ज भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा बुधबार मात्रै कोरोनाको संक्रमणका कारण कैलालीका दुई जनाको मृत्यु भएको छ । यो संगै सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ११ पुगेको छ । कैलालीमा ६, बाजुरामा दुई, बझाङमा दुई र अछाममा एकको मृत्यु भएको छ । बझाङ्गमा मृत्यु भएकामध्ये एक जनाले आइसोलेसनमै आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment