+
+

भैरहवामा पनि खुल्यो फुड बैंक

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १४:००

११ भदौ, काठमाडौं । लकडाउन तथा निषेधाज्ञाका कारण मर्कामा परेका श्रमिकहरुलाई लक्षित गर्दै भैरहवामा पनि फुड बैंक सञ्चालनमा ल्याइएको छ ।

लकडाउनका बेलामा  उपभोग्य सामग्रीको अभावमा कोही भोकै नपरोस् भन्ने उद्देश्यले बुधबारदेखि फुड बैंक स्थापना गरिएको मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवाले जनाएको छ ।

फूड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकताअनुसार लकडाउन अवधिभर हुनेबाट लिइने र नहुनेलाई वितरण गरिने सञ्चालक रविकुमार रौनियारले जानकारी दिए ।

खाद्य बैंकमा त्यस क्षेत्रका ब्यापारीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको सञ्चालकहरुले बताएका छन् ।

सहयोग गरिएको खाद्यान्न दैनिक छाक टार्न समस्य परेका परिवारहरुलाई वितरण गरिने कार्यक्रम संयोजक वीरेन्द्र ज्ञवालीले बताए । फूड बैंकबाट विपन्नलाई सहयोग वितरण सुरु गरिसकेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?