
११ भदौ, गुल्मी । रेसुुुंगा नगरपालिका– ४ का तोयनारायण पाण्डेले भारत, मलेसिया र कतारमा गरी झण्डै २५ वर्ष घरबाहिरै बिताए ।
१४ वर्षको उमेरमा भारत गएका उनले पछिल्लो ९ वर्ष कतार र मलेसियामा बिताए । तर विदेशको कमाइले कुनै प्रगति नभएपछि गाउँमै आएर खेती गर्न थाले ।
पाण्डेले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । विदेशमा धेरै दुखः कष्ट गरेर कमाइले कुनै प्रगति गर्न नसकेपछि पाण्डेले आफ्नै घरमा २ वटा भैँसीबाट सुरु गरेको दुग्ध व्यवसाय भैँसीपालनबाट मासिक ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुन थालेको छ ।
पाण्डेको गोठमा दुध दिने ४ वटा भैँसी छन् । एउटा भैसीबाट सरदर ५ लिटरको दरले २० लिटर दूध उत्पादन गर्छन् । सदरमुकाम तम्घास लगेर प्रतिलिटर ९० रुपैयाँमा दूध बेच्ने गरेका छन् ।
अबको एक वर्षमा १० वटा भैंसी पु¥याउने पाण्डेको लक्ष्य छ । भैँसी पालनसँगै उनले सुन्तला खेती पनि गरेका छन् । सुन्तलामात्रै वर्षमा डेढ लाख रुपैयाँको बिक्री गर्छन् । कृषिको आम्दानीबाट ३ जना छोराछोरीलाई पढाउन र घरखर्च चलाउन समस्या नपरेको उनी बताउँछन् ।
प्रतिक्रिया 4