+
+

मध्य तराईका चार जिल्लामा ५७ जना कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते ९:३८

१२ भदौ, वीरगञ्ज । पर्सा, बारा, रौतहट र सर्लाहीमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा ३ सय ८ वटा स्वाब नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । संक्रमितमध्ये १७ जना महिला छन् ।

वीरगञ्जस्थित दुई वटा अस्थायी कोभिड अस्पतालमा ३७ जना महिला १ सय ३१ जना कोरोना संक्रमित उपचाररत छन् । कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा ६ जना महिलासहित २० जना आईसीयुमा छन् । बिहीबार ६२ वर्षीय एक पुरुषलाई थप उपचारका लागि ग्रान्डी हस्पिटलमा पठाइएको छ ।

कोभिड अस्पताल गण्डकमा १ जना महिलासहित ९ जना आईसीयुमा छन् । जसमध्ये ६० वर्षीय पुरुषको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ । गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंह गम्भिर अवस्थाका विरामीको संख्या बढीरहेको बताउँछन् ।

‘तीन जनालाई भेन्टिलेटरमा राखेका छौं, गम्भिर प्रकृतिका विरामीका संख्या बढेको छ,’ उनले भने, ‘सकेको सेवा दिइरहेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?