Comments Add Comment

बाइडनले अमेरिकाको सपना चकनाचुर पार्छन् : ट्रम्प

१२ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी उम्मेदवार जो बाइडनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरे उनले अमेरिकाको सपना चकनाचुर पार्ने बताएका छन् ।

राष्ट्रपतीय निर्वाचनको प्रचारमा रहेका ट्रम्पले रिपब्लिकन पार्टीको सम्मेलनमा बोल्दै विपक्षीले जित हात पारे हिंस्रक अराजकता बढ्ने बताएका हुन् ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचनको मिति आउन अब ६८ दिन बाँकी छ । यस्तोमा अहिले बाइडन ट्रम्पभन्दा केही अगाडि रहेको मत सर्वेक्षणले देखाएको छ । बिहीबार रिपब्लिकनको सम्मेलनमा बोल्दै ट्रम्पले अबको चार वर्ष आफूलाई नै राष्ट्रपतिको रुपमा निरन्तरता दिन आग्रह गरे ।

उनले आगामी दिनमा अमेरिकी अर्थतन्त्रलाई तहसनहस पारेको कोरोना भाइरसको महामारी र अफ्रिकी अमेरिकी नागरिक मारिएपछि सुरु भएको अशान्तिलाई शान्त पार्ने वाचा गरे ।

ट्रम्पले आगामी निर्वाचनले अमेरिकको सपना बचाउने वा नबचाउने निर्क्योल गर्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment