+
+

प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १२:५१

१२ भदौ, काठमाडौं । प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

केही दिनअघि राजदूत सिफारिस भएका बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काविरुद्ध शुक्रबार संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ ।

अबको १० दिनभित्र जो कोहीले सुनुवाई समितिसमक्ष राजदूत सिफारिस भएका तीन जनाविरुद्ध उजुरी दिन सक्नेछन् ।

संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिशमा राजदूत पदमा नियुक्ति हुनुअघि संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?