+
+

मकवानपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १५:५३

१२ भदौ, हेटौंडा । मकवानपुरमा शुक्रबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक कोरोना प्रयोगशालाले दिएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका २४ जना, मनहरी गाउँपालिकाका एक जना र ४ जना जिल्ला बाहिरका व्यक्तिमा कोरोना संक्रमण भएको हो ।

जिल्ला बाहिरका भए पनि उनीहरु अहिले मकवानपुरमा रहदै आएको कर्रा आइसोलेसन वार्डले जनाएको छ । भदौ ३ गते संकलित एक सय ५८ स्वाब नमूनाको शुक्रबार रिपोर्ट आएको हो ।

उपमहानगरपालिकाका संक्रमितमध्ये १५ जना पुरुष र ९ जना महिला रहेको वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?