
१२ भदौ, बुटवल । रुपन्देहीमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ६ वटा पालिकाका २३ जना महिला र २९ जना पुरुष गरी ५२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकाका १० जना महिला र ८ जना पुरुष गरी १८ जना छन् ।
बुटवल उपमहागरपालिकाका ८ महिला र ९ पुरुष गरी १७ जना, ओमसतिया गाउपालिकाका ३ महिला र ५ पुरुष गरी ८ जना, तिलोत्तमा नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जना तथा शुद्धोधन र मायादेवी गाउँपालिकाका २/२ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ८६५ पुगेको छ । जिल्लामा ४९७ जना संक्रमित उपचारमा रहेका र ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
हालसम्म जिल्लाका ३६० जना संक्रमित निको भएर घर फर्केका उनले बताए ।
प्रतिक्रिया 4