+

एनओसी महासचिवसहित ३ जनामा कोरोना संक्रमण

२०७७ भदौ  १२ गते १७:३७ २०७७ भदौ १२ गते १७:३७
एनओसी महासचिवसहित ३ जनामा कोरोना संक्रमण

१२ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिवलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

महासचिवसहित थप तीनजनालाई कोरोना पोजेटिभ देखिएको एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिए ।

साउन अन्तिम साता गरिएको कोरोना परीक्षणमा एनओसीका २ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि एनओसीका पदाधिकारी र अन्य कर्मचाहरीले पनि कोरोना परीक्षण गराएका थिए ।

बुधबार आएको रिजल्टमा महासचिवसहित अन्य दुईजनामा कोरोना संक्रमण देखिएको हो । एकजना एनओसी कमिसनका र अर्का एकजना कर्मचारी रहेका छन् ।

तीनैजना अहिले आइसोलेसनमा बसेका छन् । उनीहरुमा कुनै पनि लक्षण नरहने श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकोले अहिले एनओसीको सातदोबाटोस्थित कार्यलय अनिश्चितकालका लागि बन्द रहेको छ भने पदाधिकारीहरुले घरबाटै काम गरिरहेका छन् ।

कोरोना भाइरस कोरोना संक्रमण नेपाल ओलम्पिक कमिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय