Comments Add Comment

फ्रेन्च लिग वान : डिपाएको ह्याट्रिकमा लियोनको पुनरागमन जित

१३ भदौ, काठमाडौं । मेम्फिस डिपाएको ह्याट्रिक प्रेरित लियोनले फ्रेन्च लिग वानमा डिजोनमाथि पुनरागमन जित हात पारेको छ ।

शुक्रवार राति भएको खेलमा एक डिपाएले ह्याट्रिक गरेपछि लियोनले डिजोनलाई ४-१ ले पराजित गरेको हो । एक गोलले पछि परेको अवस्थामा डिपाएले दुई पेनाल्टीसहित ३ गोल गर्दै लियोनलाई जिताए । अर्को एक गोल डिजोनका खेलाडीले उपहार दिएका थिए ।

लियोनको मैदानमा औरिलियन सेइडरले १४औं मिनेटमा गोल गर्दै डिजोनलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा लियोनका डिपाएले पेनाल्टीमार्फत गोल खेल बराबरी गरे ।

पहिलो हाफको अन्तिम समयमा डिजोनका वेस्ले लौटाओले आत्मघाती गोल गरेपछि लियोनले २-१ को अग्रता बनायो ।

पहिलो हाफको इन्जुरी टाइममा डिपाएले व्यक्तिगत दोस्रो गोल गरेपछि लियोनले ३-१ को अग्रता लियो ।

डिपाएले ६६औं मिनेटमा पेनाल्टीबाट अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे भने लियोनलाई पनि जित दिलाए । सिजनको पहिलो खेल जितेको लियोन ३ अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा छ । समान अंक भएपनि गोलअन्तरका आधारमा नाइम्स पहिलो स्थानमा छ । नयाँ सिजनको लिग वानमा ५ खेल भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment