+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

१० दिनदेखि लक्षण देखिए पनि घरमै थिए धरानका मृतक संक्रमित

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ १४ गते १५:०७

१४ भदौ, विराटनगर । धरान उपमहानगरपालिका– १७ का ६० वर्षका पुरुषलाई १० दिनअघि सामान्य ज्वरो आयो । छिमेकका कोरोना संक्रमित होम आइसोलेसनमा थिए । ती पुरुषलाई ज्वरो आएको केही दिनपछि उनकी ७४ वर्षकी आमालाई पनि ज्वरो आयो ।

ज्वरो आए पनि उनीहरु उपचार गर्न भने गएनन् । एक्कासी ज्वरो र स्वासप्रश्वासको समस्याले च्यापेपछि शनिबार राति आमा–छोरा दुबैलाई धरानकै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । त्यसपछि कोरोना संक्रमण परीषणका लागि स्वाब संकलन गरियो ।

त्यहाँ उपचारकै क्रममा आइतबार बिहान ७ ः४५ मा छोराको मृत्यु भयो । त्यसको एक घण्टापछि आमाको मृत्यु भयो । मृत्युपछि आइतबार विहान ९ बजेतिर रिपोर्ट आउँदा उनीहरुमा कोरोना संक्रमण भएको खुलेको हो ।

मृतक दुबैमा अत्यधिक खोकी, उच्च ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पताल ल्याउँदा ७४ वर्षकी वृद्धाको अवस्था गम्भीर थियो ।

मृतक महिलालाई एक सातायता र पुरुषलाई दश दिनयता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको वीपी प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले बताए ।

दुबैमा दीर्घरोग मधुमेह र उच्च रक्तचापको समस्या थियो । पुरषमा दुई महिनायता कलेजोको पनि समस्या देखिएको उनले बताए ।

धरान उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख उमेश मेहताका मृतक पुरुषको घर धरान चतरा सडक खण्डको दक्षिणतर्फ पर्छ । मृतकको परिवारमा १५ जना सदस्य थिए ।

घरमा रहेका अरु १३ सदस्यको स्वाब आइतबार गरिएको छ । परिवारका सदस्यमध्ये पाँचजनामा सामान्य रुघाखोकीको लक्षण देखिएको उनले बताए ।

मेहताका अनुसार मृतक परिवारको घरदेखि करिब १०० मिटर टाढा छिमेकीको घरमा तीन जनालाई संक्रमण देखिएको थियो । उनीहरु होम आइसोलेसनमै छन् ।

‘होम आइसोलेसनमा बसेकाहरुको घरमा आउजाउ भएको पाइयो’ मृतकका आफन्तको स्वाब संकलनका लागि घरमै पुगेका मेहताले भने, ‘स्थानीयसँग बुझ्दा सतर्कता अपनाएको देखिएन ।’
उनका अनुसार मृतक परिवारमा ७–८ वर्षका बालकदेखि ७४ वर्षका वृद्धसम्म छन् ।

कोरोना संक्रमणका कारण धरानमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि धरानका एक महिला र दुई पुरुषको मृत्यु भएको थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?