+
+

कोरोना स‌ंक्रमणबाट सर्लाहीका पुरुषको भारतमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १५:४७

१४ भदौ, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकाका एक पुरुषको भारतमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-१५ का ६३ बर्षीय पुरुषको भारतको मेघालयमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको वडाध्यक्ष रामबहादुर चौधरीले जानाकरी दिए ।

छोरासँगै केही दिनअघि ब्लड क्यान्सरको उपचार गराउन भारतको पटना गएका ती पुरुषको उपचार त्यहाँ हुन नसकेपछि मेघालय लगिएको थियो । ‘मेघालयमा रहेका छोरी ज्वाइँको आग्रहमा पटनाबाट मेघालय गएको पाइयो’ वडाअध्यक्ष चौधरीले भने ।

मेघालयकै एक स्थानीय अस्पतालमा भर्ना गरी उपचार शुरु गर्ने क्रममा बुवा छोरा दुबैले पाँच दिनअघि स्वाब दिएको कोरोना संक्रमण परीक्षण गराएका थिए । दुबै जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको वडाअध्यक्ष चौधरीले बताए ।

रिपोर्ट पोजेटिभ देखिएपछि ती पुरुषको शनिबार दिउँसो त्यहीँ मत्यु भयो । पोजेटिभ देखिएका उनका छोरा सोही ठाउँको आइसोलेसनमा भर्ना भएको उनले बताए । मृतकको शव मेघालयमै व्यवस्थापन गर्ने जानकारी पाएको वडा अध्यक्ष चौधरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?