+
+
Shares

हिरासतमा मृत्यु प्रकरण : गरुडामा नयाँ डीएसपी पठाइए

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १७:४१
इलाका प्रहरी कार्यालय गरुडा

१४ भदौ, काठमाडौं । ज्यान मुद्दाका अभियुक्तको थुनामा रहेका बेला मृत्यु भएको प्रकरणमा इलाका प्रहरी कार्यालय, गरुडाका इञ्चार्जको जिम्मेवारी खोसिएको छ ।

हाल गरुडाका नेतृत्व गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई २ नं. प्रदेश प्रहरी कार्यालय तानेर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको हो ।

महतोलाई शनिबार प्रदेश प्रहरी कार्यालय तानिएको थियो भने उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ । उनी संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत थिए ।

प्रहरीले गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला उनको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको छ ।

१९ वर्षीय विजय शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले छानविन समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?