+
+
Shares

सिभिल अस्पतालका कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १८:५०

१४ भदौ, काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलब सुविधा माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन निजामती कर्मचारी अस्पताल कर्मचारी संघले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बिमालगायत सरकारले तोकेअनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरु गरेको हो ।

कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरसहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका छन् ।

यस्तै माग पूरा नहुँदासम्म हातमा कालोपट्टी लगाएर काम गरिने कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए ।

उनले नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्नेलगायतका माग राखिएको बताए ।

यस्तै अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तीनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी विदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार विदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका मागसमेत कर्मचारीहरुले राखेका छन् ।

आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारीहरुको उपस्थिति थियो । उनीहरु ‘काम नगर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न कसले रोक्यो ?’, ‘सरकारी संस्थामा काम गर्ने कर्मचारीलाई सरकारले तोेकेको न्यूनतम तलब दिन के ले रोक्यो ?’, ‘गल्ती गर्ने कर्मचारीलाई संरक्षण किन र कहिले सम्म ?’, ‘कर्मचारीलाई ज्यालादारीमा कहिलेसम्म काममा लगाउने ?’, ‘मेरो कार्य मूल्याङ्कन कहिले ?’, ‘१२ वर्षदेखि एउटै तह, स्तरउन्नती कहिले हुन्छ ?’ लेखिएका ब्यानरहरु लिएर धर्नामा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?