Comments Add Comment

नेपालमा स्ट्रियोलेटेड बन्टिङ नयाँ प्रजातिको चरा सूचीकरण

१४ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक ‘स्ट्रियोलेटेड बन्टिङ’ प्रजातिको चरा भेटिएको छ । चितवनका करण गिरी र अस्मा गुरुङले बराही जंगल रिसोर्टमा तस्वीर  खिचेको सो चराकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको इकोलोजी शाखाले नयाँ दर्ताको लागि सिफारिस गरेको छ ।

शाखाको सिफारिससँगै सो चरा नेपालको नयाँ चराको रूपमा सूचीकरणमा परेको पन्छीविद् सोम जिसीले जानकारी दिए । दुई वर्षअघि तस्वीर कैद गरिएको सो चरा नेपालमै भेटिएको र नयाँ प्रजातिको हो भनेर प्रमाणित गराउने विषयमा विभिन्न विज्ञहरूसँग समेत छलफल गरिएको थियो ।

जसमा नेपालका पशुपन्छीहरूको बारेमा अध्ययन गरेर पुस्तक प्रकाशन गर्ने पन्छीविद् क्यारोल इन्सकिप, हेमसागर बराल, हातन चौधरी, धर्मराज गिरी, दिनेश गिरी र सोम जीसीले ‘स्ट्रियोलेटेड बन्टिङ’ नयाँ प्रजातिको चरा नेपालमा नै भेटिएको भन्ने निष्कर्षमा पुगेका थिए ।

उनीहरू सम्मिलित विज्ञ टोलीको सुझाव अनुसार विभागले समेत सो चरालाई नयाँ चराको सूचीमा सूचीकरण गरेको जिसीले अनलाइनखबरलाई जानकारी दिए ।

चरालाई सूचीकरण गराउने प्रक्रियामा नेपाल पन्छी संघका तर्फबाट हातन चौधरी र स्वतन्त्र पन्छी विज्ञ जीसीले सम्पूर्ण प्रक्रियामा सहजीकरण गराएको चराको फोटो खिच्ने फोटोग्राफर करण गिरीले जानकारी दिए ।

विभागले यो चरालाई नेपालको ८८७ औं प्रजातिको चराको रूपमा सूचीकृत गरेको छ । पन्छीविद् दिनेश गिरीका अनुसार सो प्रजातिको चरा इजरायल, इरान, पाकिस्तान, भारत, सुडान, सोमालिया, इथियोपिया र केन्या लगायतका देशमा पाइए पनि नेपालमा अहिलेसम्म पाइएको छैन । यही प्रजातिको चरा अहिलेसम्म २२ देशमा रेकर्ड गरिएको चरा विज्ञहरू बताउँछन् ।

फोटो ग्राफर गिरी चितवनको कालिका नगरपालिका वार्ड नं ३ कंकट्टाका निवासी हुन् । यो चराको फोटो आफूले २०१८ को अक्टोबर ९ मा रिसोर्ट क्षेत्रमा खिचेको गिरीले फोटोग्राफर गिरीले जानकारी दिए ।

वाइडलाइफ फोटोग्राफी र त्यसमा पनि चराको विषयमा चासो राख्ने गिरीले सो प्रजातिको चरा नेपालमा हालसम्म नदेखेपछि त्यसको फोटो कैद गरेको बताएका छन् । पन्छीविद् जिसीका अनुसार यो चरा नेपालबाट नजिक भनेको भारतको राजस्थानमा मात्रै पाइने गर्छ । तर अहिले नेपालमा नै यस्तो प्रजातिको चरा भेटिनु सुखद् रहेको उनले बताए ।

झण्डै २ वर्षपछि विभागले चरालाई सूचीकरण गरेकोमा अत्यन्त खुसी लागेका गिरीले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment