Comments Add Comment

नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने

१४ भदौ, काठमाडौं । नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने गरी प्रक्रियालाई अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको एक उच्च अधिकारीले जानकारी दिए ।

‘यी मुलुकहरु पनि नेपालसँग सम्झौताका लागि इच्छुक छन्,’ उनले भने, ‘आजको बैठकले यसमा गति दिने निर्णय गरेको छ ।’

स्वदेश फिर्ती सहज गर्न समिति

बैठकले आगामी दिनमा नेपालीहरुको स्वदेश फिर्ती अभियानमा सहजीकरण गर्न एक समिति समेत गठन गरेको छ । अहिले विदेशबाट र्फकने यात्रुले नियमित उडानका लागि टिकट नपाउने र पाए पनि महंगो टिकट मात्र खुलेका छन् ।

यसले चार्टर्ड उडानभन्दा नियमित उडान महंगो परेको गुनासोका बीच मन्त्रालयले सहजीकरणका लागि समिति गठन गरेको मन्त्रालयले स्रोतले जनाएको छ । यो समितिले यात्रुको गुनासो व्यवस्थापनमा काम गर्ने छ ।

समितिमा मन्त्रालय, पर्यटन विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डका प्रतिनिधि राखिएको छ । अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ ।

समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा,नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन ।

बैठकले भाऽ १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमति अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिन तर्फ सवै वायुृसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड््डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीहरुलाई  सचेत गराउने निर्णय समेत गरेका छ ।

समितिलाई  हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छन् ।

बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेको छ ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको वाषिर्क कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment