+
+
Shares

मन्त्रालयको निर्देशन विपरीत विद्यालयमा आइसोलेसन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते २०:३९

१४ भदौ, हेटौंडा । संघीय सरकारको शिक्षा मन्त्रालयको निर्देशन विपरित मकवानपुरको भिमफेदी गाउँपालिकाले विद्यालयमा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाले महेन्द्र माध्यमिक विद्यालयमा १० बेडको आइसोलेसन सेन्टर बनाएको स्वास्थ्य संयोजक राम थिङले बताए ।

शिक्षा मन्त्रालयले भने विद्यालय भवनमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन नबनाउनु र भएको भए हटाउन भनेको थियो ।

गाउँपालिका उपाध्यक्ष पार्वती रानाले भने विद्यालयमा संक्रमितलाई नराखिएको र अर्को ठाउँमा आइसोलेसन सेन्टर बनाइने बताइन् । ‘पहिला सञ्चालनमा ल्याउने गरी तयारी गरिएको थियो मन्त्रालयको निर्णयपछि सार्नुभयो उनले भने, ‘त्यस लागि पालिकाको बैठकमा छलफल गर्दैछौं ।’

स्वास्थ्य संयोजक थिङका अनुसार पालिकामा अहिलेसम्म १५ जनालाई कोरोना पुष्टि भएको छ, जसमध्ये ९ जना कोरोनामुक्त भइसकेका छन् । ६ जना गौरिटार आइसोलेसनमा छन् ।

यता हेटौंडा अस्पताल उपमहानगरको सहयोगमा कर्राको श्रमिक माविमा सञ्चालन गरेको आइसोलेसन मन्त्रालयको निर्णय आएलगतै हटाएर गौरीटार पु¥याएको छ । कर्रामा स्वाब संकलन केन्द्र सञ्चालनको रुपमा प्रयोग गरीएको अस्पतालका अध्यक्ष प्रकाश पौलेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?