+
+

यातायात विभागको बिदाइ कार्यक्रममा सहभागी कर्मचारीलाई कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते २२:०५

१४ भदौ, काठमाडौं । यातायात व्यवस्था विभाग मीनभवनका एक अधिकारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसो केही कर्मचारीहरुको विदाइ कार्यक्रममा समेत सहभागी भएका  तीअधिकारीलाई साँझ कोरोना देखिएपछि विभागका अधिकृतभन्दा माथिल्ला स्तरका सबै कर्मचारी आइसोलेट हुनुपर्ने भएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार २/३ दिन विभागमा माथिल्ला स्तरका कर्मचारीसहितको बैठक पनि भएको थियो ।

काम विशेषले बाहिर जिल्लामा जानुपर्ने भएकाले पीसीआरका लागि स्वाब दिएका ती अधिकारी लगातार विभागमा नियमित हाजिर भएका थिए ।

बिहीबार विदाइ कार्यक्रममा समेत सहभागी भएका उनी अहिले होम आइसोलेसनमा छन् । उनमा कुनै लक्षण भने देखिएको छैन ।

तर, सोमबारबाट विभागमा अधिकारीहरु सबै आइसोलेसनमा बस्नुपर्ने भएकाले विभागको सेवा आंशिक प्रभावित हुने अवस्था आएको महानिर्देशक हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?