Comments Add Comment

अमेरिकामा संक्रमितको संख्या ६० लाख नजिक, कलेजहरुमा फैलियो संक्रमण

१५ भदौ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६० लाख नजिक पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ५९ लाख ९४ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

पूरै अमेरिकामा नयाँ संक्रमित, मृतक र अस्पतालमा भर्ना हुनेको संख्या कम हुँदै गए पनि मिडवेस्ट नयाँ हटस्पटको रुपमा देखा परेको बीबीसीले जनाएको छ ।

समाचारमा लेखिएअनुसार आयोवा, नर्थ डकोटा, साउथ डकोटा र मिनिसोटामा एक दिनमै संक्रमितको संख्याले रेकर्ड ब्रेक गरेको छ । यस्तै मोन्टानामा अस्पतालमा भर्ना हुने विरामीको संख्या ह्वात्तै बढेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आयोवाका केही यस्ता वस्तीहरुमा नयाँ संक्रमितहरु फेला परेका छन्, जहाँ विश्वविद्यालय र कलेजहरुमा कक्षा सन्चालन गरिएको थियो । संक्रमितहरुको संख्या बढेपछि हाल विश्वविद्यालय तथा कलेजहरु फेरि अनलाइन कक्षा सुरु गरेका छन् ।

न्यूयोर्कका गभर्नरले आइतबार भनेका छन् राज्यबाट विशेषज्ञसहितको टिम प्रभावित क्षेत्रमा पठाइँदै छ ।

अमेरिकी अधिकारीहरुका अनुसार विद्यार्थीहरुले भोज आयोजना गरेका थिए र त्यसमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका केही विद्यार्थीहरु पनि सामेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment