Comments Add Comment

सप्तरीमा उच्च ज्वरो र झाडापखाबाट एक युवकको मृत्यु

१५ भदौ, सप्तरी । सप्तरीमा उच्च ज्वरो र झाडापखाला लागेका एक युवकको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर १० बदगामा निवासी २५ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो । उनलाई पछिल्लो एक साता यता ज्वरो आएको थियो । केही दिन यता झाडापखालाबाट पनि सिकिस्त भएका उनी गाउँमै उपचार गराउँदै आएका थिए ।

आइतबार स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर, त्यहाँबाट रेफर गरेपछि थप उपचारका लागि विराटनगरतर्फ लगिएको थियो । बाटोमै अवस्था थप गम्भीर भएपछि सुनसरीको इनरुवा अस्पतालमा भर्ना गर्न लाग्दा मृत्यु भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक डम्बर गुप्ताले जानकारी दिए ।

उनका अनुसार युवकको शवलाई घर ल्याएपछि सोमबार बिहान स्वाब संकलन गरिएको छ । कोरोना संक्रमण हुन सक्ने आशंकामा उनको दाहसंस्कारमा संलग्न हुने व्यक्तिका लागि नगरपालिकाले पीपीई उपलब्ध गराएको गुप्ताले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment