Comments Add Comment

स्लिम बन्ने चक्करमा …

काठमाडौं । लामा हातखुट्टा, चौडा काँध र देख्दै नमिलेको जस्तो लाग्ने शरीरका कारण केही वर्षअघिसम्म ब्राजिलकी इसाबेल्ला रुसो आफ्नै शरीरलाई हेरेर धिक्कार्ने गर्थिन् ।

आफ्नो शरीरलाई कुनै पनि हालतमा परिवर्तन गर्न चाहन्थिन् उनी । शरीरको बारेमा कसैले सामान्य टिप्पणी ग¥योे भने पनि उनीभित्र रिसको बाढी आउँथ्यो । उनी आफ्नो उत्तम र सुगठित शरीरको सपनामा नै दिन बिताउने गर्थिन् ।

२८ वर्षीया यी ब्राजिलियन महिलाले बिस्तारै आफ्नो खानपानको शैली, आहार र दैनिक कसरतमार्फत् आफ्नो शरीरको स्वरूप बदल्न सुरु गरिन् ।

२०१५ देखि उनले आफ्नो खानपान शैली, कसरत र आहारको बारेमा इन्स्टाग्राममा समेत राख्न थालिन् । उनलाई दशौं हजारजनाले फलो पनि गर्न थाले । उनी जति खुसी देखिन्थिन् त्यसको पछि उति नै उनी दुःखी पनि थिइन् ।

धेरैले उनलाई सुन्दर शरीरको बारेमा प्रशंसा गर्थे । तर उनी तौल घटाउने चक्करमा आफ्नो सुन्दरताको विषयमा भने बेखबर थिइन् । उनी भन्छिन् ‘मैले निरन्तर तौल घटाउने दबाबमा संघर्ष गरिरहेँ । यसबाट हटेर सुन्दरतालाई मैले देख्न सकिन ।’

उनी आफ्नो तौलको विषयमा यति चिन्तित थिइन् कि यही चिन्ताले उनलाई बिरामीसम्म बनायो । उनी भन्छिन् ‘मैले जे गरिरहेकी थिएँ, त्यो स्वस्थ जीवनको लागि थिएन । यो त केवल तौल घटाउन र पातलो देखिनको लागि मात्रै उपयोगी थियो ।’

रुसो आफ्नो खुट्टा र कम्मरको संरचनाले असुरक्षाको भावना बोकेर बसेकी थिइन् । उनी १८ वर्षको उमेरमा ब्राजिलबाट अमेरिका गएकी थिइन् । तर अमेरिका पुगेपछि उनको अवस्था झनै दयनीय बन्न पुग्यो ।

उनी जिमखानामा पनि भर्ना भइन्, जिमखाना यस्तो ठाउँ थियो जहाँका मान्छे जुनसुकै समयमा पनि डाइटिङको बारेमा कुराकानी गरिरहन्थे । त्यसपछि उनले आफ्नो खानामा ध्यान दिन थालिन् । उनी कहिलेकाहीँ सोच्ने गर्छिन् कि मैले खानामा ध्यान नदिने हो भने मेरो वजन बढ्न जान्थ्यो । उनले नियमित आफ्नो स्वास्थ्यको लागि अत्यावश्यक खानेकुरा मात्रै खान थालिन् ।

यही खानाको तालिका नियमित अनुशरण गरेपछि सन् २०१५ मा उनले आफूले चाहेको जस्तो शारीरिक बनावट प्राप्त गरिन् । त्यसपछि उनले आफ्नो डाइट फर्मुला आफ्नो इन्स्टाग्रामबाट सेयर गर्न सुरु गरिन् । बिस्तारै बिस्तारै उनका अनुयायीहरू समेत बढ्दै गए ।

‘मलाई यस्तो मान्छे बन्नु थियो कि कुनै व्यक्ति मलाई हेरेर मेरो व्यवहार अनुशरण गरोस् । त्यो लक्ष्य पूरा भएको थियो । आफूले खोजेको जस्तो शरीर पाउनको लागि उनले जति मुस्किल भोग्नु परेको थियो, यो त्यही संघर्षको फल थियो ।’ उनी भन्छिन् ‘यो एकदमै ठूलो जिम्मेवारीको काम हो कि कसैले मेरो बानी व्यवहारलाई अनुशरण गर्छ भने उसले त्यो व्यवहारबाट आफ्नो लक्ष्य पूरा गर्दैन कि भन्ने चिन्ता समेत हुन्छ ।’ उनले आफ्नो पर्फेक्ट शरीर प्राप्त गर्नको लागि कति धेरै मानसिक दबाबको समेत सामना गरेको उनी स्मरण गर्छिन् ।

रुसोले कतिपय समय आफ्नो समस्याको बारेमा आफ्ना अनुयायीहरूलाई सुनाउन नसकेको अनुभव सुनाउँछिन् । उनी आफूलाई खान मन लागेको कुरा पनि खान नसकेको र खानामा अनुशासन कायम गर्नुपरेको कुरालाई कहिलै बिर्सन नसक्ने र आफ्ना अनुयायीलाई समेत बताउन नसकेको बताउँछिन् ।

उनी २०१९ मा सडक दुर्घटनामा परिन् । उनको घुँडामा गम्भीर चोट लाग्यो । यही समयमा उनले आफ्नो शरीरको बारेमा राम्रोसँग बुझ्ने मौका पाइन् । यो समयमा उनी एक महिनासम्म अरूको साहाराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगिन् । त्यो बेलामा उनी व्यायाम गर्न त सक्ने थिइनन् । तर उनले आफूलाई आफैंले फिट भएको महसुस गरिरहिन् । उनले यस समयमा कुनै डाइट प्लान पनि फलो गरिनन् ।

गतवर्षको मे महिनामा रुसोको शरीरमा एक सर्जरी गरियो, जुन उनलाई पूर्ण रूपमा निको भएको भनेर घर पठाउनुपूर्वको सर्जरी थियो । यो सबै हुँदाहुँदै पनि चिकित्सकले उनको हड्डीको घनत्व उनको उमेर अनुसार फिट नरहेको बताए । चिकित्सकले हड्डी मजबुत बनाउन सुझाव दिएका थिए ।

उनी अब पहिलेजस्तो अभ्यास गर्न त सक्ने अवस्थामा थिइनन् । उनी भन्छिन् ‘म खानेकुरामा निकै कठोर हुने र व्यायाम भरपूर गर्ने गरेकोले मेरो हड्डी मजबुत नभएको कुरा चिकित्सकबाट आयो । अहिले म जे मनलाग्छ खान्छु । मलाई अहिले थाहा छ कि खाने बेलामा यतिउति भनेर खटाउनु आवश्यक छैन ।’

अहिले रुसो आफ्ना इन्स्टाग्रामका फलोअरहरूलाई आफूलाई मन लागेको खानेकुरा खान सुझाव दिन्छिन् । यस्तो सुझाव दिँदा केही फलोअर उनले गुमाउनु पनि प¥यो । तर अहिलेपनि उनको ७८ हजार फलोहर छन् ।

बीबीसीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment