Comments Add Comment

विमानस्थलको जग्गामा सडक बनाउन कोटेश्वरमा चल्यो डोजर

१५ भदौ, काठमाडौं । काठमाडौंको कोटेश्वरमा सधैंजसो हुने सवारी जाम कम गर्न कोटेश्वर–जडिबुटी सडकखण्ड विस्तार सुरु भएको छ । यसका लागि विमानस्थलको केही भाग जमिन उपयोग गरेर सडक ट्रयाक खोल्न सोमबार डोजर चलाइएको छ ।

करिब ३ सय मिटरको यो खण्ड साँघुरो हुँदा कोटेश्वर काठमाडौं उपत्यकाकै सबैभन्दा बढी जाम हुने क्षेत्र बनेको छ । यो खण्डको ट्रयाक निर्माण लागि अर्थमन्त्रालयसँग बजेट मागिएको सडक डिभिजन कार्यलय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए । अर्थ मन्त्रालयको सहमति आउनासाथै सडक निर्माण गर्न टेन्डर आह्वान गर्न डीपीआर तयार छ ।

यहाँ बिजुली र टेलिकमको तार भूमिगत गरेर सडक विस्तार गरिने भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदा दाहिनेतर्फ पर्ने एक लेन सडक विस्तार गरिनेछ । यो एक लेन विस्तार गर्र्न विमानस्थलको एउटा रन–वे सूचक लाइट पनि थोरै सारिएको छ । योजनाअनुसार यो लेन खुल्नाथाथ पेप्सीकोलातर्फ जाने सवारीले काटेश्वरमा जाममा नबसी सो लेन प्रयोग गर्न सक्नेछन् ।

यस्तै सरकारले जडिबुटीबाट कोटेश्वरतर्फ आउने साइडमा पनि तीन लेन सडक विस्तार गर्नेछ । यसका लागि विमानस्थलकै जग्गा प्रयोग गर्नुपर्ने हुन्छ । यी दुई लेन बनेमा भक्तपुरबाट कोटेश्वर चोक हुँदै बालकुमारी (ललितपुर) तर्फ जाने गाडीले पनि कोटेश्वरमा जाममा बस्नुपर्ने छैन ।

त्यसैलाई ध्यानमा राखेर मन्त्रिपरिषद बैठकले जडिबुटी–कोटेश्वर सडकखण्डभित्र पर्ने ६ अना १ पैसा जग्गा र उक्त जग्गामा बनेको घर अधिग्रहण गर्न स्वीकृति दिइसकेको छ । यो घर कोटेश्वर–सूर्यविनायक सडक विस्तार गर्ने क्रममा पनि हटाउन सकिएको थिएन ।

यो सडक विस्तारको योजना पूरा भएपछि जडिबुटी–काटेश्वर खण्ड पनि ८ लेनकै हुनेछ । ग्रिगरीबेल्टसहितको फुटपाथ पनि हुनेछ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment