Comments Add Comment

इलाका प्रहरी कार्यालय बुटवलका थप ११ जनामा कोरोना

१६ भदौ, बुटवल । बुटवलको इलाका प्रहरी कार्यालयमा कार्यरत थप ११ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । योसंगै ईलाका प्रहरी कार्यालय बुटवलमा संक्रमित प्रहरीको संख्या १५ पुगेको छ । यसअघि भदौ १० गते हिरासतमा रहेका १५ जना थुनुवा र ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालय प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । इलाका प्रहरी कार्यालय बुटवलमा डेढ सय जना प्रहरी कर्मचारी कार्यरत छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा ६३ जनामा कोरोना पुष्टि हुँदा बुटवल उपमहानगरपालिकाका ३१ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ११ जना प्रहरी कर्मचारी रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment