Comments Add Comment

‘हुर्रे’ निर्देशकको फिल्ममा स्वेता

नायिका स्वेता खड्काले केही बर्षपछि नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन् । उनले, निर्देशक यम थापाले निर्देशन गर्न लागेको चलचित्रमा काम गर्न लागेकी हुन् ।

नायिका खड्काले अनलाइनखबरसँग यो बिषयमा भनिन्–‘उहाँले पहिले मलाई एउटा अतिथी भूमिकाका लागि अफर गर्नुभएको थियो । मैले त्यो चलचित्र गर्दिनँ भने । यसपछि, नयाँ कथा सुनाउनुभयो । मलाई कथा निकै मन परेपछि, काम गर्छु भनेकी छु ।’

स्वेताले चलचित्रमा आफ्नो भूमिका भने खुलाउन नमिल्ने बताइन् । स्वेताका अनुसार, उनी आफैले पनि एउटा चलचित्र निर्माण गर्ने तयारी थालेकी थिइन् । तर, लकडाउन भएपछि तत्काल सो प्रोजेक्ट रोकिएको छ । यसैले, उनी यम थापाको चलचित्रमा काम गर्ने तयारीमा छिन् ।

चलचित्रमा तपाई ‘आमा’को भूमिकामा काम गर्दै हुनुहुन्छ हो भन्ने अनलाइनखबरको प्रश्नमा उनले भनिन्–‘चलचित्रमा धेरै भूमिका छ । कथामा थ्रिल छ । यसैले, मेरो भूमिका यही नै हो भन्न अहिले म सक्दिनँ ।’

चलचित्र ‘हुर्रे र राज्जा रानी’ निर्देशन गरेपछि यमले नयाँ चलचित्र निर्देशनको तयारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment