Comments Add Comment

पहिलाे अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई काेराेना संक्रमण

१६ भदौ, काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका जीतबहादुर केसीलाई कोरोना भाइरस संक्रमण भएको छ । पेटमा समस्या देखिएपछि अस्पताल लगिएको र उपचारअघि काेराेना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनका छाेरा याेगेन्द्रले पुष्टि गरे ।

”सुरुमा  हामीले चेकअपका लागि बयाेधा अस्पताल लगेका थियाैं । तर त्याे भन्दाअघि हस्पिटलले पीसीआर परीक्षण गर्नुपर्छ भनेपछि हामीले स्टार हस्पिटलका परीक्षण गर्दा काेराेना पाेजेटिभ देखियाे,’ याेगेन्द्रले अनलाइनखबरसँग भने ।

उनले अहिले केसीलाई काेराेनाकाे कुनै लक्षण नरहेकाे र कलंकीस्थित घरमै आइसाेसनमा बसेको योगेन्द्रले बताए ।

७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य पदक जित्दै नेपाललाई पहिलाे अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । उनले त्यसअघि नै १९७२ मा ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment