Comments Add Comment

कर्णालीमा १४ संक्रमित थपिए, ३३ डिस्चार्ज

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्ट अनुसार सुर्खेतमा ११ जना, जुम्लाका दुइ जना र दैलेखका एक जनामा संक्रमण देखिएको छ ।

मंगलबार सुर्खेत वीरेन्द्रनगरमा कोरोना पुष्टि हुनेहरूमा वडा नं.–२, १० र १२ का तीन जना पुरुष, वडा नं.–४, ६, ७ र ८ का सात जना महिला रहेका छन । त्यस्तै चौकुने गाउँपालिका वडा नं.–७, का एक जना पुरुष रहेका छन् ।

यसैगरी जुम्लाको गुठीचौर गाउँपालिका–४, र चन्दननाथ गाउँपालिका –३, कि दुई जना महिला रहेका छन । दैलेख ठाँटीकाँध गाउँपालिका –६, का एक पुरुष रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २४५६ पुगेको छ ।

यस्तै, कर्णालीमा मंगलबार थप ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २११९ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३३१ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment