+
+

एप्पलका सहसंस्थापकको आतिथ्यमा ‘ह्याकाथोन’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १६ गते १८:११

१६ भदौ, काठमाडौं । कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका विद्यार्थीहरूले राजधानीमा तीन दिने क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथोन कार्यक्रम सम्पन्न गरेका छन् ।

विश्व प्रसिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले बिशेष अतिथिको रुपमा सम्बोधन गरेको कार्यक्रममा आइबिएमका वरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जो सेपी  र डेभ्फोलियोका कम्युनिटी लिड ब्यवस्थापक डेनभर डि सुजाले मुख्य वक्ताको रुपमा सम्बोधन गरेका थिए ।

वेबविनारमार्फत गरिएको ह्याकाथोनमा प्रकोप ब्यवस्थापन, सबैका लागि आधुनिक वित्तीय व्यवस्थापन, शिक्षा, स्वास्थ तथा शहरी जनसंख्या व्यवस्थापन, वातावरण लगायत स्वतन्त्र विचार लगायतका विधामा प्रविधिको प्रयोग तथा त्यसको माध्यमबाट समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको थियो ।

दुई हजार पाँच सय जनाले सक्रिय सहभागिता जनाएको कार्यक्रममा ७० भन्दा बढी समुहका २५० जनाले विभिन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए । उनीहरू मध्ये ६ वटा समूह पुरस्कृत भए ।

नेक्टस्जेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाईजर जयकिसन पन्जियार ३६ घण्टासम्म चलेको ह्याकाथनमा सूचना प्रविधिमा विश्वकै अग्रणी संस्थाका प्रतिनिधिहरूको सहभागिता गौरव र प्रेरणाको विषय भएको बताउँछन् ।

कार्यक्रमका मिडिया व्यवस्थापक अनिसा अधिकारी विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा भएको उच्च तहको  सहभागिता भोलिका लागि हौसला र प्रतिस्पर्धाको  पे्ररणा प्राप्त भएको बताउँछिन् ।

नासा, अमेजन वेभ सर्भिस आदिका बरिष्ठ प्रतिनिधिहरूले मेन्टर्सको भूमिका निभएका थिए भने माइक्रोसफ्टका बिज्ञहरुले प्रस्तावित परियोजनाको मूल्याङ्कन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?