Comments Add Comment

वुहानमा विद्यालय फर्किए १४ लाख बालबालिका

कोरोना भाइरस (कोभिड-१९)को उत्पत्ति भएको चीनको वुहान सहरका १४ लाख बालबालिका डिसेम्बरपछि पहिलोपटक विद्यालय फर्किएका छन् ।

चीनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको समग्र संख्यामध्ये ८० प्रतिशत वुहानका मानिस छन् । जनवरीदेखि वुहानमा ११ सातासम्म लकडाउन गरिएको थियो ।

वुहानका सबै विद्यालयहरुले साताको अन्तिममा प्रत्येक ढोकामा चेकप्वइन्ट स्थापना गरेका थिए । बिहान विद्यार्थीहरु आउँदा सबैको तापमान नाप्नु अनिवार्य गरिएको छ । उनीहरुले घर आउँदा र जाँदा मास्क लगाउनुपर्ने हुन्छ । यद्यपि विद्यालयमा भने मास्क अनिवार्य गरिएको छैन ।

वुहानमा अहिले विद्यालयहरु त खुलेका छन् तर कोरोना भाइरसको दोस्रो लहर आएको खण्डमा भने पुनः अनलाइनबाट पढाइ गर्ने दिशामा पनि अधिकारीहरुले तयारी गरिरहेका छन् । वुहानमा गत अप्रिलमा लकडाउन हटाइएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

स्रोत : बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment