+
+
Shares

रुसमा १० लाख नाघे कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १६ गते १९:०५

१६ भदौ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । रुसको कोरोना भाइरस क्राइसिस सेन्टरल दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरेना भाइरसका १० लाख ४८ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका चार हजार ७२९ नयाँ संक्रमित फेला परेका हुन् । रुस कोरोना भाइरसका संक्रमितको संख्या १० लाख नाघ्ने चौथो मुलुक हो । अमेरिका, ब्राजिल र भारतमा यसअघि नै कोरोना भाइरसका संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।

रुसमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १७ हजार २९९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १२३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । रुसले दिएको जानकारीअनुसार अहिलेसम्म कोरोना भाइरसका आठ लाख १५ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

रुसमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या भने अन्य मुलुकको तुलनामा कम छ । धेरैले रुसले सार्वजनिक गरेको तथ्यांकमा नै आशंका व्यक्त गर्दै आएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?