Comments Add Comment

पेट शुद्धीकरण गर्ने सरल विधि

खराब खानपानको कारण हाम्रो पेट र आन्द्रा डस्बिन जस्तै भएको छ । यही कारण हामी धेरैजसो पेटका रोगी छौं । कसैलाई अपचको समस्या छ भने कसैलाई पेट फुल्ने, कसैलाई एसिडिटीको समस्या छ कसैलाई ग्याष्ट्रिकको । यस्ता थुपै्र समस्याको कारण पेट फोहोर हुनुपनि हो ।

जबकी पेटमा भएको सानोतिनो समस्याले पुरा शरीरलाई प्रभावित बनाइदिन्छ । अहिले धेरैजसोले पेट र आन्द्रासँग सम्बन्धित समस्यासँग जुध्नु परिरहेको छ ।

पेटमा ग्यास, कब्जियत जस्ता समस्या त आम हुँदै गएको छ । यस्तो अवस्थामा कसरी पेटलाई प्राकृतिक रुपमा सफा बनाउने त ?

पर्याप्त पानी

बिहान उठ्नसाथ मनतातो पानी पिउने गरौं । दिनभरमा पनि पर्याप्त पानी सेवन गर्नुपर्छ । कम्तीमा ८ देखि १० गिलास पानी दिनहुँ पिउनुपर्छ । यसले गर्दा पेटको विकार पखालिन्छ ।

मनतातो पानीमा मह

यदि तपाईं ग्याष्ट्रिक वा कब्जियतको समस्याबाट ग्रसित हुनुहुन्छ भने बिहान उठेपछि मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले पनि तपाईंको पेट र आन्द्रलाई शुचिकरण गर्छ । मह र पानी पिउँदा आन्द्राको विषाक्त पदार्थ बाहिर निस्कन्छ र मेटाबोलिज्म बढ्छ ।

स्याउको रसमा कागतीको रस

यदि तपाईं पेट र आन्द्रालाई सधै सफा राख्न चाहनुहुन्छ, पेटको विकार हटाउन चाहनुहुन्छ भने स्याउको रस उपयोगी हुन्छ । स्याउको रसमा कागतीको रस मिसाएर नियमित पिउने गर्नुपर्छ । यसले तपाईंको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

सुपाच्य खानपान

पेटको विकार हटाउनका लागि उल्लेखिन पेयले मात्र पनि पुग्दैन । तपाईंको खानपान पनि उत्तिकै राम्रो हुनुपर्छ । खासगरी सुपाच्य खानेकुरा खानुपर्छ । सजिलै पचाउने, ताजा, फाइबरयुक्त खानेकुरा तपाईंका लागि उपयोगी हुन्छ । आफ्नो खानपानमा सलाद, हरियो सागपात र फलफूललाई प्राथमिकता दिनुपर्छ ।

सक्रियता

साथसाथै तपाईं शारीरिक रुपले पनि सक्रिय हुन जरुरी छ । पेट सम्बन्धी व्यायाम गर्न सक्नुहुन्छ वा योग गर्न सक्नुहुन्छ । शारीरिक रुपमा निस्क्रिया रहँदा पनि पेट तथा आन्द्रामा समस्या देखापर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment