Comments Add Comment

सिरहामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मत्यु

१७ भदौ, जनकपुरधाम । सिरहामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सिरहा नगरपालिका ११ भलुवाहीस्थित सिरहा–चौहर्वा सडक खण्डमा सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० नम्बरको र विपरीत दिशातर्फ जाँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल बुधबार राति सवा ७ बजेतिर आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका स ४ प ७९२१ नम्बरको मोटरसाइकल चालक सिरहाको धनगढीमाई नगरपालिका १० बस्ने ५१ वर्षीय दीपक कुमार पंजियार र स ४ प ४६१० नम्बरको मोटरसाइकल चालक सिरहा नगरपालिका ९ गुलरीया बस्ने ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

पंजियारलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाएकोमा उनको उपचारकै क्रममा र ठाकुरलाई उपचारको लागि लहान तर्फ पठाएकोमा बाटोमै मृत्यु भएको घिमिरेले बताए ।

ठाकुरले चलाएको मोटरसाइकलको पछाडि सवार सिरहा नगरपालिका ९ गुलरीया बस्ने ३५ वर्षीय जितेन्द्र महरा भन्ने शिव कुमार महरा घाइते भएका छन् । उनको भुमिजा अस्पताल लहानमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment