
१८ भदौ, चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको उपचारको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा.दयाराम लम्सालले दिएको जानकारीअनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो ।
उनलाई उपचार गर्न भदौ ५ गते चितवन मेडिकल कलेजमा पु¥याइएको थियो । उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको थियो ।
चितवनमा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ । तीमध्ये चितवनका मात्रै १० जना र अन्य जिल्लाका ८ जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4