Comments Add Comment

सीपीएलमा ट्रिनबागोको लगातार आठौं जित, गाएना सेमिफाइनल पुग्ने तेस्रो टिम

१८ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा लगातार आठौं जित हात पारेको छ ।

यस सिजन अपराजित रहने एक्लो टोलीको रुपमा रहेको ट्रिनबागोले बुधबार अंक तालिकाको पुछारमा रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३९ रनले पराजित गरेको हो । लगातार आठौं जितपछि ट्रिनबागोले लिग चरणमा शीर्ष स्थानसमेत पक्का गरेको छ । ८ खेलबाट ट्रिनबागोको १६ अंक छ ।

उता सेमिफाइनल पुगिसकेको सेन्ट लुसिया जुक्सलाई ७ विकेटले पराजित गर्दै गाएना अमेजन वारियर्स पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । ९ खेल खेलिसकको गाएना पाँच जितपछि १० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । यस्तै ८ खेलबाट १० अंक रहेको जुक्स तेस्रो स्थानमा छ । ट्रिनबागो, गाएना र जुक्सले सेमिफाइनलमा सथान पक्का गरिसकेको छ । अब बाँकी तीन टिममध्ये एक टिम सेमिफाइनल पुग्नेछ ।

नियमित कप्तान काएरन पोलार्ड सुनिल नारिन जस्ता मुख्य खेलाडीलाई आरम दिँदै ड्वाने ब्राभोको कप्तानीमा खेलेको ट्रिनबागोले सेन्ट किट्स एण्ड प्याट्रिओट्समाथि सहज जित हासिल गर्दा ओपनर लेन्डल सिमोन्सले ९६ रन बनाए । यसअघि ७ खेलमा खराब प्रदर्शन गरेका सिमोन्स यस सिजन पहिलो अर्धशतक समेत हो । उनकै ९६ रन मद्दतमा ट्रिनबागोले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । सिमोन्सले ६३ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । जवाफमा प्याट्रिओट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

अर्को खेलमा जुक्सले दिएको ११० रनको लक्ष्य गाएनाले १३.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । गाएद्दाको लागि शिमरोन हेतमायरले अविजित ५६ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment