Comments Add Comment

‘प्रसाद २’मा विपिन र नम्रता पक्का, निश्चचल दोहारिने संभावना बलियो

समिक्षागत रुपमा सफल मानिएको चलचित्र ‘प्रसाद’को सिक्वेल बनाउने तयारीमा यसको निर्माणपक्ष लागिरहेको छ । लेखक सुशिल पोडेलले चलचित्रको लागि स्क्रिप्ट फाइनल गरिसकेका छन् ।

सुभाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यो चलचित्रका लागि ‘प्रसाद’का कलाकारत्रय विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत नै दोहोरिन्छन् या दोहोरिदैनन् भन्ने चर्चा पनि चलेको थियो ।
तर, निर्देशक फेरिएपनि कलाकार भने नफेरिने भएका छन् । निर्देशक चौधरीले नै यो कुराको पुष्टी गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘विपिन र नम्रताजी पक्का हुनुभएको केही समय भयो । कलाकारको बिषयमा त कहिले पनि लफडा भएकै थिएन । मिडियामा पारिश्रमिकको बिषय पनि आयो । तर, भित्री रुपमा यस्तो कुनै कुरै भएको थिएन ।’

उनका अनुसार, कलाकार निश्चल बस्नेतसँग भने मौखिक सहमति भैसकेको छ । निश्चल व्यस्त भएका कारण कागजी संझौता भने हुन सकेको छैन ।

चलचित्र ‘प्रसाद २’लाई ‘प्रसाद’को सिक्वेल र प्रिक्वेल दुबै भनिएको छ । निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको ‘प्रसाद’ लोकप्रिय भएपछि निर्माता सुभाष थापाले यही नामलाई सापटी लिएर यसको सिक्वेल र प्रिक्वेल बनाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment