+
+

पोखराका २९ र तनहुँका २ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १४:२९

१८ भदौ, पोखरा । कास्कीको पोखरामा थप २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका १० वटा वडामा ६ जना महिलासहित २९ जनालाई कोरोना संक्रमण पुष्टि भएकको हो ।

सबै संक्रमित यसअघि संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङका आधारमा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरा वडा नं १, १६ , ३० र ५ मा १–१ जना संक्रमित भएका छन् भने वडा नं १३ मा २ जना , १२ मा ८ जना , १० मा ७ जना , २७ मा ३ जना , १४ मा २ जना र ८ मा २ जनालाई कोरोना संक्रमण देखिएको छ । एक जनाको भने ठेगाना खुलेको छैन ।

तनहुँको व्यास नगरपालिका- १ र ४ मा एक जना महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?