+
+
Shares

मत्स्येन्द्रनाथको रथ यात्राबारे ललितपुरका १९ जातीय संगठन अनभिज्ञ  !

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १९:५८

काठमाडौं । आफूलाई जानकारी नै नदिई केही युवाहरुले रातो मत्स्येन्द्रनाथ रथयात्रा सुरु गरेकोको विषयमा ललितपुरको १९ जातीय संगठनले अनविज्ञता जनाएका छन् ।  यस विषयमा छलफल गर्न ती संगठनका प्रतिनिधिको आकस्मिक बैठक बोलाइएको छ ।

ज्यापु समाजको संयोजनमा बिहीबार दिउँसो ३ बजे भोलढोकास्थित ज्यापु प्रज्ञा प्रतिष्ठानमा ललितपुरमा रहेका १९ वटै जातीय संगठनको आकस्मिक बैठक बस्न लागेको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले अनलाइनखबरलाई जानकारी दिए ।

महर्जनले आफूहरूलाई रथयात्राको बारेमा जानकारी नै नदिई कसले रथ तान्न त्यति मान्छे भेला भए भन्ने विषयमा समेत बैठकमा गम्भीर छलफल हुने बताए । ‘हामीले त कोरोना महामारीका कारण संक्षिप्त विधि पूरा गरेर रथयात्रा गर्ने प्रस्ताव पनि गरेका थियौं । ज्योतिषहरूले मानेनन् । अहिले आएर कसले रथयात्रा गर्‍यो त्यसमा हामीलाई कुनै जानकारी छैन । अब जातीय संगठनको बैठकले जे निर्णय गर्छ त्यही गर्छाैं ।’

महर्जनले बिहान ८ बजे नै बैठक बसेर आफूहरूले बिहीबार दिउँसो बस्ने गुठी संस्थानको निर्णय अनुसार रथयात्राको काम अघि बढाउने भनेपनि साढे नौ बजे एक्कासी भिड जम्मा भएर रथयात्रा गरेको भन्दै त्यसमा आफूहरूको संगठनको कुनै संलग्नता नरहेको उनले बताए ।

बिहीबार दिउँसोको लागि बोलाइएको सो आकस्मिक बैठकमा ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाज जस्ता १९ वटा संगठनको सहभागिता हुनेछ ।

अहिले प्रशासनले बल प्रयोग गरेर रथयात्रा रोकेको छ । जसको लागि प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?