+
+
Shares

एकैदिनमा थपिए १२२८ कोरोना संक्रमित, ९१७ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १९:२४

१८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । उनीहरुमध्ये २५७ जनाको मृत्यु भएको छ । २४ हजार २०७ जना कोरोनमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९१७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४४५ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौं जिल्लामा २५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना छन् ।

यस्तै सर्लाहीका १०९ जना, बाराका ७१, पर्साका ६५, धनुषाका ६४, चितवनका ५६, रुपन्देहीका ५२, मोरङका ४६, कास्कीका ३१, रौतहटका २९, सुनसरीका २७, मकवानपुरका २२, महोत्तरीका २०, कैलालीका १५, झापाका १२, कपिलवस्तुका ११ तथा गुल्मी र बझाङका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

लमजुङ र नवलपरासीका ९/९ जना, बाँकेका ८, ओखलढुंगा, काभ्रे र सुर्खेतका ७/७ जना, संखुवासभा, नवलपुर, दैलेख र अछामका ६/६ जना, दोलखा, गोरखा र बर्दियाका ५/५ जना, नुवाकोट, दाङ र डोटीका ४/४ जना, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, तनहुँ र कञ्चनपुरका ३/३ जना, उदयपुर, तेह्रथुम, पाल्पा, प्युठान, कालीकोट, सल्यान, दार्चुला र बैतडीका २/२ जना तथा सप्तरी, रामेछाप, बाग्लुङ र जाजरकोटका १/१ मा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?