
१८ भदौ, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडा अध्यक्ष सरोजकुमार पाण्डे सेवाग्राहीसंग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ गरेको हो ।
सहकारीबाट अनुदान रकम उपलब्ध गराइदिने नाममा सेवाग्राहीसंग २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।
४५ हजार रुपैयाँ माग गरेमध्ये २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4