+
+
Shares

रौतहटको गरुडामा झडप हुँदा ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १९:०७

१८ भदौ, रौतहट । प्रहरी हिरासतमा रहेका विजय रामको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा रौतहटको गरुडामा झडप भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडा अगाडि भएको भडपमा ६ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा चार जना प्रहरी र दुई प्रदर्शनकारी महिला घाइते भएका छन् ।

प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि प्रहरीले लाठी चार्ज गर्नुको साथै ६ राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए ।

उनीहरुको गरुडामा स्थानीय क्लिनिकमा उपचार भइरहेको र अहिले अवस्था सामान्य भएको डीएसपी श्रेष्ठले बताए ।

हिरासतमा युवकको मृत्युपछि बिहीबार नै रौतहटका प्रहरी उपरीक्षक रविराज खड्का हेडक्वार्टर तानिएका छन । उनको ठाँउमा प्रहरी प्रधान कार्यालयले सिद्धिबिक्रम साहलाई रौतहटमा काज सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?