+
+
Shares

चितवनमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १९:२१

१८ भदौ, चितवन।चितवनमा कोरोना संक्रमणबाट बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका–९ कि ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

तीन महिनादेखि मिर्गौलाको समस्याबाट पीडित ती महिला अस्पतालमा नियमित डायलासिस गराउँदै आएकी थिइन् । खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १४ गते उपचारका लागि भरतपुर अस्पताल भर्ना भएकी उनमा  बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा थप जटिलता थपिँदै गएपछि उनलाई आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

पछिल्लो २४ घण्टामा चितवनमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।चितवनको भरतपुर महानगरपालिका–११ कि ४० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार राति साढे १२ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यस्तै भदौ ९ गते अस्पताल भर्ना भएका र भदौ १० गते कोरोना संक्रमण पुष्‍टि भएका गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको चितवन  मेडिकल कलेजमा मृत्यु  भएको थियो । उनी मिर्गौलाको बिरामी थिए ।

चितवनमा कोरोना संक्रमणबाट हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?