+
+

जलेश्वरमा सशस्त्र प्रहरीको थप दुईवटा फर्वाड पोष्ट स्थापना हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १२:३०

१९ भदौ, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरमा सशस्त्र प्रहरीको थप दुईवटा फर्वाड पोष्ट स्थापना हुने भएको छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप दुईवटा फर्वाड अब्जरबेसन पोष्ट स्थापना गरिने प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हाचार्यले बताए । उक्त ठाउँको अनुगमन गर्दै ब्रम्हाचार्यले पोष्ट स्थापना गर्न निर्देशन दिएका हुन् ।

उनका अनुसार महोत्तरीको ३८ दशमलव ४६ किलोमिटर अन्तर्राष्ट्रिय सीमामा सशस्त्र प्रहरीका ६ सय ५४ जना जनशक्ति परिचालित छन् । अनाधिकृत आवत जावतलाई रोक्न मुख्य नाकाहरुको अलावा ७ वटा बिओपसहित जिल्लातको सकरी, मधबा र कट्टीमा थप ३ वटा फर्वाड अब्जरभेसन पोष्ट राखिएको छ ।

डीआईजी ब्रम्हचार्यले लकडाउन पश्चात राज्यले तोकेका सिमानाकाबाट औपचारिकरुपमा नेपाल प्रबेश गरेकाहरुको कन्ट्याक्ट ट्रयाकिङ्गमा ध्यान पुर्‍याउँदै त्यस्ताको खोजी गरी क्वारेन्टिन तथा आइसोलेसनमा राख्नसमेत मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले छिमेकी मुलुकका समकक्षी सुरक्षाकर्मीहरुसँग निरन्तनर सम्पर्क समन्वय र आवश्यक सहकार्य गरी सुरक्षा नागरिक समन्वयात्मक रुपमा कार्य गर्न पनि निर्देशन दिए ।

उनी बिहीबार महोत्तरीको मटिहानीस्थित सशस्त्र प्रहरीको नम्बर ९ गण र मटिहानीदेखि खैरहवनीसम्मका ७ वटा विओपी र आवश्यक्ता अनुसार राखिएका फर्वाड अव्जरभेसन पोष्टमा पुगी कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण समुदायस्तरमा फैलदै जान थालेकाले थप गम्भीर परिस्थितिको आकलन गर्दै विगतमा जस्तै सीमा हुने आवत जावतलाई कडाइ बनाइ राख्नसमेत निर्देशन दिएका छन् ।

हालसम्म प्रदेश २ को सीमामा अग्रपंक्तिमा खटिने २८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जना निको भइसकेको डीआईजी ब्रम्हाचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?