Comments Add Comment

करेन्ट लागेर पुरानो नैकापमा एकजनाको मृत्यु

Photo Credit : रोशन दानी

१९ भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिका-१४, पुरानो नैकापमा हाई इन्टेन्सन लाइनबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २९ वर्षीय सुरेन्द्र महर्जन छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार चन्द्रगिरि युथ क्लबको निर्माणाधीन भवनमा करेन्ट लागेर उनी गम्भिर घाइते भएका थिए । लगत्तै उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको हो ।

प्रहरीका अनुसार हाई इन्टेन्सन लाइनको मुनि क्लबको भवन बनाइएको थियो । नगरपालिकाको असहमतिका बाबजुद स्थानीय युवाले घर निर्माण गरेका थिए ।

यसमा वडाध्यक्ष रामहरि बस्नेतको पनि अहमति भए पनि उनले रोक्न पहल नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

आक्रोशित स्थानीयले वडाध्यक्ष बस्नेतको घरका सिसा फुटाइदिएका छन् ।

नेशन महर्जन, आफन्त

चन्द्रागिरि युथ क्लबले विना जानकारी सार्वजनिक जग्गामा भवन बनाउँदै थियो । त्यसविरुद्ध स्थानीयवासीले १४ साउनमा वडा कार्यालयमा निर्माण रोक्न भन्दै उजुरी दिएका थियौं । तर, वडाध्यक्षज्यूले चासो दिनु भएन । त्यसपछि के गर्ने भनेर सार्वजनिक जग्गा संरक्षण अभियान्ताबीच छलफल भइरहेको थियो ।

त्यसक्रममा भवन कसरी बनिँदै रहेछ भनेर हेर्न जाने क्रममा घटना भएको हो । महर्जन त्यहाँ राखिएको भर्‍याङबाट माथि जाँदै हुनुहुन्थ्यो । छतमा हाइ इन्टेन्सन लाइनका कारण मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment