+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

क्यान्सर अस्पतालका १३ कर्मचारी कोरोनामुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १४:५३

१९ भदौ, चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित १३ जना कर्मचारीहरू कोरोनामुक्त बनेका छन् ।

कोरोनामुक्त कर्मचारीहरूको मनोबल बढाउन अस्पताल प्रशासनले शुक्रवार अस्पताल प्रशासनमा उनीहरुलाई पुष्पगुच्छा दिएर स्वागत ग¥यो । कोरोना संक्रमणमुक्त हुनेमा नर्ससहित केही कार्यालय सहयोगी छन् ।

अस्पतालका चिकित्सक, नर्स, कार्यालय सहयोगीसहित ४४ जनालाई कोरोना संक्रमण भएकोमा १३ जना कोरोनामुक्त बनेका हुन् । संक्रमणमुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्मा, अस्पतालका संक्रमित स्वास्थ्यकर्मी तथा कर्मचारी व्यवस्थापन संयोजक डा. गुरुशरण शाहलगायतले उच्च मनोबलका साथ कोरोनामुक्त भएर काममा फर्किन अनुरोध गरे ।

उनीहरुले अस्पताल प्रशासनले संक्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सुविधामा कुनै कमी नहोस् भनेर निरन्तर प्रयास गरिरहेको बताए । अन्य बाँकी संक्रमितहरू पनि छिट्टै संक्रमणमुक्त हुने विश्वास अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले गरे ।

उनले अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा संक्रमण नफैलियोस् भनेर अस्पताल आउने बिरामीहरुको अनिवार्य पीसीआर रिपोर्ट ल्याउन भनिएको र छिट्टै नै अस्पतालले पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?